1) एउटा इतिहास
नारायणी पारी पश्चिम नेपालमा श्री दाउन्ने फिड्स कुखुरा पालन व्यवसायको अग्रज मात्र नभई एउटा जिउँदो इतिहास हो।
वि.सं. २०४३ बाट जम्मा ५०० ब्रोइलर कुखुरा पालन बाट शुरू गरिएको चल्ला उत्पादन सानो ग्राइन्डर र बेल्चा बाट दाना उत्पादन गरेर विभिन्न व्यवसायिक उतार–चढाव सँग जुध्दै अनि कुखुरा पालन क्षेत्रका विभिन्न आयाम अनुभव, सिप, ज्ञान, जानकारी संगाल्दै बटुल्दै लडदै पडदै २०५० सालमा आएर विधिवत रूपमा श्री दाउन्ने फिड्सको नाममा दर्ता भई दाना उत्पादन तथा बिक्री वितरण शुरू भयो, जसलाई यस संस्थाको ऐतिहासिक प्रेरणादायी घटनाको रूपमा लिन सकिन्छ।
